१६ चैत्र २०८०, शुक्रबार

विपत्तिमा प्रदेश सरकारले स्थानीय तहसंग सहकार्य गरी अगाडि बढ्छ : मुख्यमन्त्री केसी

प्रकाशित मिति :  23 September, 2021 6:45 pm


रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले गुल्मीमा असोज ५ गते परेको अविरल वर्षाका कारण आएको पहिरोमा परेर ३ बालबालिकाले ज्यान गुमाएको प्रति दुःख व्यक्त गरेका छन् ।

आज शोक वक्तव्य जारी गर्दै मुख्यमन्त्री केसीले गुल्मीको रेसुंगा नगरपालिका-८ थुम्कामा प्राकृतिक विपत्तिमा परेर ३ बालिकाको ज्यान गएकोप्रति दुःख व्यक्त गर्दै प्रदेश सरकारले राहत प्रदान गर्ने बताएका छन् ।

उनले प्राकृतिक विपत्तिले लुम्बिनी प्रदेशलाई निकै क्षति पुर्‍याएको भन्दै एक भएर लड्नका लागि अनुरोध समेत गरेका छन् ।

जारी विज्ञप्तीमा भनिएको छ,“२०७८ साल असोज ५ गते परेको अविरल बर्षाका कारणले गुल्मीको रेसुङ्गा नगरपालिका थुम्का ८ टोलमा गएको पहिरोबाट नगरपालिका ८ थुम्का टोल निवासी तिलक परियारको २१ वर्षीय छोरी भावना परियार, १४ वर्षीया जुम्ल्याह छोरी गंगा र जमुना परियारको ५ गते राती ११ः४० बजे मृत्यु भएको छ । प्राकृतिक विपत्तिबाट भएको निज एकै घरका ३ जनाको निधनले प्रदेश सरकारलाई स्तब्ध एवं मर्माहत बनाएको छ । दुखदको यस घडीमा मृतकआत्माहरुको चीर शान्तिका कामनासहित भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसनप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।”

जीवन गुमाएका मृतक, भएको क्षतिपूर्तिको विषयमा सम्बन्धित निकायको राय परामर्श गरी राहत प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्दै आगामी दिनमा हुने प्राकृतिक विपत्तिहरूलाई पनि सामूहिक रुपमा सहकार्य गरी सामाना गर्नका लागि मुख्यमन्त्री केसीले अपिल गरेका छन् । अपिल गर्दछु । अन्तमा पुनः प्राकृतिक विपत्तिमा जीवन गुमाउनु हुने सबैमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनहरुप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।”

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्राकृतिक विपत्तिमा प्रदेश सरकारले स्थानीय तहसंग सहकार्य गरी अगाडि बढ्ने र जनतालाई छिटो राहत दिने तयारीमा रहेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !