त्रिशुली नदीमा कार खस्दा ३ जना वेपत्ता, १ घाइते
प्रकाशित मिति : 24 September, 2021 11:43 am
काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलाबाट त्रिशुली नदीमा कार खस्दा ३ जना वेपत्ता भएका छन् भने १ जना घाइते भएका छन् ।
काठमाडौंबाट पोखरा जाँदै गरेको ग २ च ४९१८ नम्बरको कार त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।
घटनालगत्तै पुगेको प्रहरीले बेपत्ताको खोजि गरिरहेको छ । चितवन प्रहरीका अनुसार घाइते हुने कास्कीको पोखरा–१७ वस्ने बर्ष ४६ का रुद्रलाल सुवेदी हुन् ।
यस्तै कार चालक पोखरा–१७ वस्ने बर्ष ६० का प्रेम बहादुर भुजेल, कारमा रहेका सोही स्थानका ५६ वर्षीय लेख बहादुर भुजेल, उनकी श्रीमती वर्ष ३६ की ईश्वरी भुजेल बेपत्ता भएको प्रवक्ता थापाले जानकारी दिएका छन् ।








