१४ बैशाख २०८१, शुक्रबार

प्रचण्डसँग चितवनमा चुनाव लड्न तयार रहेको बादलको भनाई

प्रकाशित मिति :  24 September, 2021 1:10 pm


चितवन । नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चुनाव लड्न तयार रहेको बताएका छन् ।

चितवनको भरतपुर विमानस्थलमा प्रेस चौतारी नेपाल चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले प्रचण्डसँग चुनाव लड्न तयार रहेको उल्लेख गरेका हुन् ।

उनले प्रचण्ड समाजवाद र राष्ट्रियताविरोधी भएको आरोप समेत लगाए । उनले भने,“चितवनमा प्रचण्डविरुद्ध बादलको चुनाव लड्न तयार छु, प्रचण्ड समाजवाद र राष्ट्रियताविरोधी हुन्, उनीसँग चुनाव लड्न मलाई कुनै समस्या छैन।”

बादलको गृह जिल्लापनि चितवन नै हो । बादल पुस ५ को प्रतिनिधिसभा विघटनपछि प्रचण्डको साथ छाडेर ओलीतिर लागेका थिए ।

फागुन २३ को सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई साविककै अवस्थामा फर्काएपछि बादलसहितका नेता औपचारिक रुपमै माओवादी छाडेर एमालेमा लागेका थिए ।

नेता थापाले प्रचण्ड अझै एक्लिँदै जाने दाबी समेत गरेका छन् । प्रचण्ड दक्षिणपन्थी भासतिर लागेको आरोप समेत लगाए ।



प्रतिक्रिया दिनुहोस !