३१ आश्विन २०७८, आईतवार

‘म राजा हुन आएको’ भन्दै नारायणहिटीमा राखिएको श्रीपेच निकाल्न खोज्ने रुकुमका युवक पक्राउ

प्रकाशित मिति :  ८ आश्विन २०७८, शुक्रबार १४:०१


काठमाडौं । नारायणहिटी दरबार संङ्ग्रहालयमा राखिएको श्रीपेच निकाल्न खोज्नेको आरोपमा रुकुमका एकजना युवक पक्राउ परेका छन् ।

‘म राजा हुन आएको’ भन्दै श्रीपेज निकाल्न खोजेपछि पश्चिम रुकुम मुसिकोट-११ का खिमबहादुर घर्तीलाई श्रीपेचको सुरक्षामा खटिएको नेपाली सेनाले नियन्त्रणमा लिएको छ ।

नारायणहिटी सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले श्रीपेज निकाल्न खोज्ने व्यक्तिलाई निर्यन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए। आज बिहान अवलोकन गर्ने पुगेका घर्तीले ‘ म राजा हुन आएको’ भन्दै सिसा फुटाएर श्रीपेज निकाल्ने प्रयास गरेको आरोप लागेको छ ।

सिसा फुटाउँदा उनको हात समेत काटिएको र सेनाले नियन्त्रणमा राखेको दाहालले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !