४ बैशाख २०८१, मंगलबार

नेपाली कांग्रेसको पालिका अधिवेशन आजदेखि

प्रकाशित मिति :  25 September, 2021 11:19 am


काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत वडा अधिवेशन सकिएका जिल्लामा आजदेखि गाउँ/नगर अधिवेशन सुरु भएको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार वडा अधिवेशन भई अन्तिम मत परिणाम प्राप्त भएका अधिकांश जिल्लामा आजदेखि गाउँ÷नगर अधिवेशन सुरु भएको हो ।

काँग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि सुरु भएको थियो र काँग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ । काठमाडौँमा वडा अधिवेशनको अन्तिम मत परिणाम प्राप्त नभएका कारण पालिका अधिवेशन यही असोज १६ गतेका लागि तय गरिएको छ ।

ललितपुरको पालिका स्तरको अधिवेशन आउँदो सोमबार हुने भएको छ। प्राविधिक कारण तथा वडा अधिवेशनबाट निर्वाचित सूची तयार गर्न समय लागेकोले सारिएको निर्वाचन समितिको भनाई छ । निर्वाचन समितिका अनुसार झण्डै ६० जिल्लामा आजै अधिवेशन सुरु गर्नेगरि तय गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !