१ जेष्ठ २०८१, मंगलबार

चितवनबाट काठमाडौं आउँदै गरेको बसबाट दुई भारतीय ९५ लाख रुपैयाँसहित पक्राउ

प्रकाशित मिति :  25 September, 2021 11:28 am


काठमाडौं । चितवनबाट काठमाडौं आउँदै गरेको बसमा रहेका दुई जना भारतीय नागरिक ९५ लाख रुपैयाँसहित पक्राउ परेका छन् ।

प्रहरी प्रभाग नागढुंगाको प्रहरी टोलीले काठमाडौं आउँदै गरेको ग १ ख ६६४५ नम्बरको यात्रुबाहक बसमा यात्रा गरिरहेका दुई जनालाई स्रोत नखुलेको ९५ लाख रुपैयाँ सहित पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ पर्नमा भारतको महाराष्ट्र प्रदेश सङ्ली जिल्ला थानाका २६ वर्षीय सागर माली र १९ वर्षीय कूष्ण अढाडे रहेका छन् । मालीको साथबाट ४५ लाख र अढाडेको साथबाट ५० लाख रुपैयाँ बरामद भएको प्रहरीको भनाई छ ।

पक्राउ परेका दुबैलाई परिसरले हिरासतमा राखेर अनुसन्धान गरिरहेको र आइतबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाउने तयारी छ ।



प्रतिक्रिया दिनुहोस !