१ जेष्ठ २०८१, मंगलबार

महेन्द्रनगरमा मन्दिरका घण्टी संकलन गरेर बिक्री गरेको आरोपमा २ जना पक्राउ

प्रकाशित मिति :  25 September, 2021 5:12 pm


काठमाडौं । कञ्चनपुरको महेन्द्रनगर बजारबाट ६ क्विन्टल ६१ किलो पुराना घण्टीसहित २ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयको टोलीले महेन्द्रनगर बजारस्थित गल्ली नं १ मा रहेको ठकुराठी ब्रदर्शको गोदाममा छापा मार्दा मन्दिरबाट चोरेर बिक्रीका लागि ल्याइएका घण्टी बरामद गरेको हो । गोदाम महेन्द्रनगरका प्रतिष्ठित व्यापारी पदम ठकुराठीको हो ।

प्रहरीले छापा मार्न लाग्दा गोदाम बैंकले भाडामा लिएको भन्दै खोल्न आनाकानी गरेका घण्टी टल्काउने दुई मजदुर र घण्टी टल्काउने प्रयोग गरिने उपकरण पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउपर्नेमा भीमदत्त नगरपालिका–१५ का ५८ वर्षीय पदक कोली र बजारमा डेरी गरी बस्ने बैतडीका ३८ वर्षीय धनीराम टमटा रहेका छन् ।

प्रहरी निरीक्षक लालबहादुर बमले अहिले प्रारम्भिक अनुसन्धान चलिरहेको गोदाम साहू र सिद्ध बैजनाथ मन्दिर कार्यसमितिका पदाधिकारीलाई पनि अनुसन्धानका लागि बोलाइने जानकारी दिए । व्यापारी ठकुराठीले भने मन्दिर समितिले लिलाम गरेका पुराना घण्टी लिएको जिकिर गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !