१ जेष्ठ २०८१, मंगलबार

देशभर कोरोना संक्रमितको संख्या घट्दो,एकैदिन खोप लगाउने संख्या २ लाख १६ हजार

प्रकाशित मिति :  25 September, 2021 5:39 pm


काठमाडौं । देशभर सक्रिय कोरोना संक्रमितको संख्या घट्दै गएको छ ।

पछिल्लो २४ घण्टामा १३७१ ज्ना निको जना निको भएसँगै अब देशभर सक्रिय कोरोना संक्रमितको संख्या १९,७०० म झरेको छ । दैनिक कोरोना संक्रमितको संख्या पनि घट्दै गएको छ ।

पछिल्लो २४ घण्टामा १०,५७९ जनाको परीक्षण गर्दा ९५३ जना नयाँ संक्रमित भेटिएका छन् । त्यस्तै २ लाख १६ हजार ७ सय २५ जनाले एकै दिन खोप लगाएका छन् ।

कोरोना संक्रमित निको हुने दर ९६.१ प््रतिशत छ भने मृत्युदर १.४ प्रतिशत छ । २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना महामारीका कारण हालसम्म ११ हजार ८७ जनाको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस !