२२ बैशाख २०८१, शनिबार

श्रुति श्रेष्ठकोे अध्यक्षतामा फोटो पत्रकार क्लबको नयाँ कार्यसमिति

प्रकाशित मिति :  25 September, 2021 6:29 pm


काठमाडौं । फोटो पत्रकार श्रुति श्रेष्ठको नेतृत्वमा फोटो पत्रकार क्लबको नयाँ कार्यसमिती चयन भएको छ । सनिबार नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यलयमा सम्पन्न क्लबको एघारौ साधारणसभा तथा अधिवेसनले आगामी दुई वर्षका लागि १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

क्लबको उपाध्यक्षमा नेपाल रिपब्लिक मिडीयाका दिपेश श्रेष्ठ, महासचिवमा कान्तिपुर पब्लिकेशनका प्रकाशचन्द्र तिमिल्सेना, कोषाध्यक्षमा राजधानी दैनिकका द्घारिका प्रसाद काफ्ले, सचिबमा नयाँ पत्रिकाका अमूल थापा निर्विरोध निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यहरुमा कान्तिपुरका अंगद ढकाल, सेतोपाटी डट कमकी निशा भण्डारी, देशसंचार डट कमकी बर्षा शाह, दि हिमालय टाईम्सका स्कन्द गौतम, अन्नपूर्ण पोस्टका दिपेन श्रेष्ठ र स्वतन्त्र फोटोपत्रकार लक्ष्मीप्रसाद ङाखुशी निर्विरोध निर्वाचित भएका छन्।

साधारणसभाले गोरखापत्रका फोटो पत्रकार विकास द्घारे प्रबक्तामा चयन भएका हुन् । निर्वाचित पदाधिकारीहरुलाई शनिबार एक समारोहका बीच निर्वाचन समितिका संयोजक एआईपिएसका कोषाध्यक्ष तथा अधिवक्ता निरन्जन राजबशी, बरिष्ठ फोटोपत्रकारहरु नरेन्द्र श्रेष्ठ, किरण पाण्डे, भास्वर ओझा तथा क्लबका पूर्वअध्यक्ष प्रकास माथेमा, पूर्वकार्यबहाक अध्यक्ष केशबराज थोकरले प्रमाणपत्र प्रदान गरे ।

नेपाल पत्रकार महासंघको बरिष्ठ उपाध्यक्ष रमेश बिष्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको अधिवेशनमा एशोसियट प्रदेशका महासचिव रोयल आचार्य, क्लवका पूर्वअध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य बिकास कार्की र क्लवका पूर्वअध्यक्ष प्रकास माथेमाको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।



प्रतिक्रिया दिनुहोस !