१ जेष्ठ २०८१, मंगलबार

रोल्पामा नेपाली कांग्रेसको पौडेल पक्ष हाबी,सबै पालिकामा सर्वसम्मत

प्रकाशित मिति :  26 September, 2021 12:44 pm


रोल्पा । रोल्पामा नेपाली कांग्रेसको पौडेल पक्ष हाबी भएको छ । कांग्रेसको आसन्न १४ औं अधिवेशन अन्तर्गत वडा र पालिका स्तरमा भएको अधिवेशनमा रोल्पामा पौडेल पक्ष हाबी देखिएको हो ।

वडा अधिवेशन मध्ये रोल्पामा रहेका ७२ वडामा ५६ वटा वडा पौडेल पक्षले जितेको थियो । पालिका अधिवेशनमा भने सर्वसम्मत भएको छ ।

पालिका अन्तर्गत रोल्पा नगरपालिकामा चन्दप्रकाश आचार्य,सुनछहरी गाउँपालिका कोम बहादुर बुढागमर,सुनिलस्मृति गाउँपालिकामा मन बहादुर गिरी (आशिष), गंगादेव गाउँपालिकामा मीन बहादुर खड्का,माडी गाउँपालिकामा नवराज डाँगी,परिवर्तन गाउँपालिकामा खडक बहादुर घर्ती मगर,थबाङ गाउँपालिका खरिलाल डाँगी,त्रिवेणी गाउँपालिकामा दुर्योधन राना,रुन्टीगढी गाउँपालिका मा जनक पुन र लुङ्ग्री गाउँपालिका जनक खड्का रहेका छन् ।

कांग्रेसका पूर्व सभापति र वहालवाला सचिवलाई समेत वडा तहमै पराजित गर्दै पौडेल पक्ष रोल्पामा हाबी देखिएको थियो । पूर्वराज्यमन्त्री एवं वर्तमा जिल्ला सभापति अमर पुन पौडेल पक्षका नेता हुन् । उनी विगतमा कोइराला परिवार निकट थिए । कांग्रेसको स्थानीय तहका अधिवेशनमा पौडेल पक्षबाट नेतृत्व गर्ने पुन रोल्पामा हाबी देखिएका छन् ।

पुनले भने,“केन्द्रको असर स्वभाविक रुपमा जिल्लामा देखिन्छ नै तर यो पक्ष त्यो पक्ष भन्दापनि पालिका तहमा सर्वसम्मत गर्न सफल भयौं त्यो ठूलो कुरा हो ।”

पालिका तहमा पनि पौडेल पक्षले रणनीतिक ढंगले सर्वसम्मत नेतृत्व चयनमा सहमत भएको थियो । देउवा पक्षमा देखिएका उमेद्वारलाई पनि पौडेल पक्षका नेताले नै प्रस्ताव गरेर सर्वसम्मत हुन सहयोग गरेका थिए । यो प्रस्तावले देउवा खेमाका स्थानीय नेतापनि आफू पक्षप्रति लचक हुने पौडेल पक्षको आँकलन छ ।

पौडेल पक्षका जिल्लास्तरीय एक नेताले भने,“ सर्वसम्मत त हामीले चाहेर न भएको हो, सबै साथीको प्रस्तावक हामी नै हौं त्यसैले यसका को कसको पक्ष भन्ने कुरा रहेन ।



प्रतिक्रिया दिनुहोस !