१ जेष्ठ २०८१, मंगलबार

दुर्घटनाबाट जोखियो बुद्ध एयरको जहाज

प्रकाशित मिति :  27 September, 2021 11:47 am


काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७३ यात्रु लिएर विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज दुर्घटनाबाट जोखिएको छ ।

ल्यान्डिङ गियर (अवतरण गर्ने प्रविधि) मा समस्या आएपछि जहाज अवतरण नगरेर काठमाडौं फर्किएको छ । काठमाडौं फर्किएरपनि समस्या यथावत भएपछि जहाज केही समय काठमाडौंकै आकाशमा घुमिरह्यो। महानिर्देशक प्रतापबाबु तिवारीले भने,“ काठमाडौं फर्किएरपनि २४ मिनेट भन्दा बढी समय जहाज आकासमा होल्ड भयो ।”

बिहान ८ बजेर ३३ मिनेटमा काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको अल्फा नोभेम्बर इन्डिया जहाज विराटनगरको आकाशमा दुई फन्को लगाएर काठमाडौं फर्किएको थियो। जहाजमा २ बालक, ३ शिशुसहित ७३ जना यात्रु   थिए ।

आकाशमा झन्डै १० फन्को लगाएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० बजेर १६ मिनेटमा सुरक्षित रूपले अवतरण गरिएको तिवारीले जानकारी दिए । जहाज अवतरण भएपछि यात्रुलाई परामर्श गरेर इच्छा अनुसार कसैलाई घर फकाइएको थियो भने कसैलाई फेरि गन्तब्यमा पठाइएको थियो ।



प्रतिक्रिया दिनुहोस !