१ जेष्ठ २०८१, मंगलबार

चूडामणि शर्मासँग ५० लाख रुपैयाँ धरौटी माग

प्रकाशित मिति :  27 September, 2021 5:37 pm


काठमाडौं । कर छुट दिएको आरोप लागेका चूडामणि शर्मा ढकाललाई विशेष अदालतले ५० लाख रुपैयाँ धरौटी माग गरेको छ ।

१ अर्ब ३३ लाख २० हजार ३ सय ८५ रुपैयाँ कर छुट दिएको आरोप लागेका शर्मालाई विशेष अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले शर्मासँग ५० लाख रुपैयाँ धरौटी माग गरेको हो ।



प्रतिक्रिया दिनुहोस !