१ जेष्ठ २०८१, मंगलबार

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

प्रकाशित मिति :  27 September, 2021 9:11 pm


काठमाडौं ।  राजनीतिक दलसम्बन्धी (दोस्रो संसोधन) अध्यादेश खारेज भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गरेकी हुन् । उक्त अध्यादेश जारी भएपछि नेकपा एमाले र जनता समाजवादी विभाजित भएका थिए ।

उक्त अध्यादेश कायमै रहे आफ्नो पार्टी विभाजन हुने भन्दै जनता समाजवादी पार्टीले सरकारमा सहभागि हुन मानेको थिएन । जसका कारण मन्त्रिपरिषद् विस्तारमा समेत समस्या भएको थियो ।

अध्यादेश खारेज भएपछि अब मन्त्रिपरिषद् विस्तार हुन सहज हुने आँकलन गरिएको छ । गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले अझै मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।



प्रतिक्रिया दिनुहोस !