२२ मंसिर २०८२, सोमबार

दाङको टरिगाउँ विमानस्थलका लागि रु. ५५ लाख विनियोजन

प्रकाशित मिति :  28 September, 2021 3:35 pm


A man is seen standing on the premises of Tarigaun airport located in Tulsipur of Dang district, in October 2019. Photo courtesy: Anil Basnet

दाङ । दाङको तुलसीपुर स्थित टरिगाउँ विमानस्थलका लागि ५५ रुपैयाँ लाख बजेट बिनियोजन गरिएको छ । राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा ‘अपार’का अनुसार विमानस्थलमा टावर निर्माण र विस्तारका विनियोजित रकम खर्च गरिने छ ।

वर्तमान सरकारले विमानस्थल निर्माण गर्न बजेट बिनियोजन गरेको उनको भनाई छ । विगत दुई आर्थिक वर्षदेखि सो विमानस्थलका लागि बजेट बिनियोजन हुन सकेको थिएन । बजेट नपर्दा विमानस्थलको स्तरोन्नति हुन सकेको थिएन । विमानस्थलका धावनमार्ग सानो हुँदा ठूला जहाज बस्न सक्ने अवस्था छैन । त्यसैले विमानस्थलमा धावन मार्ग विस्तार आवश्यक रहेको छ । विमानस्थलमा अहिले इन्धन डिपो स्थापनाको काम भइरहेको छ ।

यस क्षेत्रको विमानस्थललाई स्तरोन्नति गरेर हवाई उडान प्रभावकारी बनाउन आफूले दत्तचित्त भएर पहल थाल्नेसमेत उनको भनाई छ । रासस



प्रतिक्रिया दिनुहोस !