४ आश्विन २०८१, शुक्रबार

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले असोज २० गते विश्वासको मत लिने

प्रकाशित मिति :  29 September, 2021 1:57 pm


काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले असोज २० गते विश्वासको मत लिने भएका छन् । प्रमुख सत्तारुढ दल जनता समाजवादी दल विभाजित भएपछि उनले विश्वासको मत लिन लागेका हुन् ।

बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेशसभाको अधिवेशन असज २० गते बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ । मुख्य मन्त्री राउतले विश्वासको मत लिनैका लागि प्रदेश वैठक बोलाइएको हो ।

जनता समाजवादी दल विभाजन भएर लोकतान्त्रिक समाजवादी दल बनेको छ । प्रदेश २ मा जनता समाजवादी पार्टीका ५५ सांसद रहेकामा १६ जनाले लोकतान्त्रिक समाजवादी दल रोजेका थिए ।

अहिले प्रदेश २ मा जसपा, नेपाली कांग्रेस नेकपा माओवादी केन्द्रको संयुक्त सरकार छ । एक मात्र सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीको समर्थन पनि सरकारलाई छ । सरकारमा जाने तयारीमा रहेको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पनि राउतलाई विश्वासको मत दिने तयारी गरिरहेको छ ।

प्रदेश २ मा १०४ सांसद छन् । अहिले सभामुखसहित जसपाका ३९, नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ८, एकीकृत समाजवादीका १३ र नेपाल संघीय समाजवादी पार्टीका १ गरी कुल ८० सांसदको सरकारलाई समर्थन प्राप्त छ ।

१०४ सदस्यीय प्रदेशसभामा ८० जनाको समर्थन रहेकाले मुख्यमन्त्री राउत विश्वासका मत पाउनेमा ढुक्क छन् ।

अधिवेशन शुरु भएकै दिन मुख्यमन्त्री राउतले विश्वासको मत लिने प्रदेश २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए । सरकारको विपक्षमा लोसपा र नेकपा एमाले मात्रै रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !