१५ बैशाख २०८१, शनिबार

प्रदेश नम्बर २ का मुख्यमन्त्रीको कार्यालयमा अख्तियारको छापा

प्रकाशित मिति :  29 September, 2021 3:27 pm


काठमाडौं । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबहादुर राउतको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । बुधबार आयोगले जनकपुर स्थित मुख्यमन्त्री राउतको कार्यालयमा छापा मारेर कागजात जफत गरेको हो ।

बर्दिबासबाट गएको आयोगको टोलीले साइकल खरिदबारे कागजात लिएको अख्तियारका सुचना अधिकारी वेद प्रसाद भण्डारीले बताए ।

उनले भने– ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यकमका लागि साइकल खरिदमा अनियमतिता भयो भनेर उजुरी परेको हुनाले छानविनका लागि टोली गएर कागजात नियन्त्रणमा लिएको हो ।’

प्रदेश–२ सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमका लागि ११ करोड १७ हजार मूल्यको साइकल किनेको थियो । साइकल खरिदमा कम्पनी नखुलाई किनेर भ्रष्टाचार गरेको भन्दै आयोगमा उजुरी परेको थियो ।

सुचना अधिकारी भण्डारीका अनुसार साइकल खरिदबारे सक्कल कागजात ल्याएर विस्तृत अनुसन्धान सुरु गरिने छ ।



प्रतिक्रिया दिनुहोस !