संसदीय समितिद्वारा लुम्बिनीको स्थलगत अनुगमन
काठमाडौं । प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध समितिले लुम्बिनीमा अन्तराष्ट्रिय शान्ति केन्द्र स्थापना गर्र्न सरकारलाई सुझाव दिने बताएको छ ।
आज लुम्बिनीको स्थलगत निरीक्षण गरेपछि समितिको प्रतिनिधि मण्डलको टोलीले संयुक्त राष्ट्रसंघको आधिकारिक एजेन्सीको रुपमा रहेको उक्त केन्द्र लुम्बिनीमा स्थापना गरे त्यसको महत्व संसारभरी फैलिने विश्वास गरेको छ ।
समितिको टोलीले लुम्बिनीको विभिन्न बिहार तथा मन्दिरमा आएका विदेशी भिक्षु भिक्षुणीहरूको भिषा थपकोलागि सहज प्रक्रिया बनाउन सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ । लुम्बिनीको अन्तराष्ट्रिय महत्वलाई स्थापित गर्न सरकारले विशेष कार्यक्रम बनाउन सुझाव दिने प्रतिबद्धता समेत जनाएको छ ।
प्रतिनिधि मण्डलमा सांसदहरू दिव्यामणि राजभन्डारी, मोहन बानियाँ, नारदमुनि राना, रेनुका गुरुंग, सरला यादव, पुस्पा कर्ण कायस्थ थिए ।
सांसद नारदमुनि रानाले काठमान्डौं फर्केपछि समितिको बैठक बसेर सरकारलाई सुझाव दिने र कार्यन्वयन गराउन पहल गर्ने बताए । कोषका उपाध्यक्ष भिक्षु मेत्तेय्यले ११५ देशका नागरिकले भ्रमण गर्ने लुम्बिनीको अन्तराष्ट्रिय महत्वकोलागि प्रतिनिधि सभा अन्तराष्ट्रिय सम्बन्ध समितिले विशेष महत्वका साथ योजना अगाडी सार्नेमा विश्वास व्यक्त गरे ।
लुम्बिनीमा अन्तराष्ट्रिय शान्ति केन्द्र स्थापना गर्र्न पहल गरिदिन तथा बिहार एवं मन्दिरमा भिक्षुहरूको भिषामा सहजीकरण गरिदिन आग्रह गरे ।








