२२ मंसिर २०८२, सोमबार

अर्घाखाँचीमा यात्रु सहायता कक्षको स्थापना

प्रकाशित मिति :  1 October, 2021 4:39 pm


अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले यात्रु सहायता कक्षको स्थापना गरेको छ ।

बडादशैं तथा तिहारलाई लक्षित गरेर यात्रु सहायता कक्ष स्थापना गरेको हो ।

चाडपर्वका बेला हुने भिडभाडलाई आवागमनलाई सहज बनाउन भन्दै जिल्लाको शान्ति बगैंचा ,ठाडा र चुत्रावेशीको भक्तिटोलामा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

सहायता कक्षको स्थापनाबारे जानकारी दिँदै निमित्त प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले संस्कृति परम्परा अन्तर्गत चाडपर्वमा आउजाउ धेरै हुने र कोभिड-१९ को संक्रमण कायमै रहेको बताए ।

उनले आवतजावतमा हुनसक्ने असहजतालाई सहजीकरण गर्न सहायता कक्षको स्थापना गरिएको जानकारी दिए । उनले यातायात व्यवसायी तथा चालक र सहचालकलाई यात्रुमैत्री व्यवहार गर्न समेत निर्देशन दिए ।



प्रतिक्रिया दिनुहोस !