१६ बैशाख २०८१, आइतबार

साहास उर्जाको आइपीओ भोली बाँडफाँड हुने

प्रकाशित मिति :  2 October, 2021 12:33 pm


काठमाडौं । साहास उर्जाको साधारण सेयर भोली बाँडफाँड हुने भएको छ । कम्पनीले आइतबार बिहान ९ बजे बिक्री प्रबन्धक एसआइबीएल एस क्यापिटलको कार्यालयमा बाँडफाँड हुने भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि यही असोज ६ देखि १० गतेसम्मका ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता आइपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । जसमध्ये, २ लाख १० हजार कित्ता कर्मचारीलाई र ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।
आइतबार बाँडफाँड गर्नेगरी कम्पनीको आईपीओमा परेको आवेदनबाट प्रिअलटमेन्ट भइसकेको छ । उक्त आईपीओमा २४ लाख ७४ हजार ४३६ जनाले ३ करोड ४४ लाख ९८ हजार कित्ता सेयरमा आवेदन परेको छ ।



प्रतिक्रिया दिनुहोस !