रुपन्देहीमा खुकुरी प्रहारबाट एक जनाको हत्या
रुपन्देही । रुपन्देहीमा खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ । एकजना घाइते भएका छन् ।
रुपन्देहीको शुद्धोधन—३ बेतानीस्थित प्लाई उद्योगमा काम गर्ने नवलपरासी पश्चिमको सुस्ता-३ का अवधेश चमारको संगै काम गर्ने भारतीय मजदुर रवि सिंहको खुकुरी प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिंहको खुकुरी प्रहारबाट गम्भीर घाइते चमारको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाका अनुसार मादक पदार्थ सेवन गरेपछि विवाद भएको र त्यसपछि खुकुरी प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
रविले अवधेशलाई खुकुरी प्रहार गरेर उनका बुवा गोपिचन्दलाई समेत आक्रमण गरेर घाइते बनाएका छन् । गोपिचन्दको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।








