त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज चिप्लिएर घाँसे मैदानमा,सबै यात्रु सकुशल
प्रकाशित मिति : 5 October, 2021 10:58 am
काठमाडौं । काठमाडौबाट नेपालगञ्जका लागि जाने तयारी गरेको श्री एयरलाइन्सको जहाज चिप्लिएर घाँसे मैदानमा पुगेको छ ।
९ एनएएनएफ कल साइन भएको जहाज बिहान ९ : ३३ बजे त्रिभुवन विमानस्थलको धावन मार्गमा जाने क्रममा ट्याक्सी वेबाट चिप्लिएर पार्किङ क्षेत्रमै एउटा चक्का घाँस क्षेत्रमा फसेका त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले जानकारी गराएका छन् ।
महाप्रवन्धक तिवारीले जहास निकाल्ने प्रयास भइरहेको जानकारी दिए । जहाजमा ४ जना चालक दलका सदस्यसहित ८० जना रहेका थिए । उनीहरूलाई अर्को जहाजमा पठाउने तयारी गरिएको छ । जहाजमा कुनै क्षति भएको छैन ।








