२२ मंसिर २०८२, सोमबार

घुस रकमसहित सब-इन्जिनियर पक्राउ

प्रकाशित मिति :  5 October, 2021 4:56 pm


काठमाडौं । जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, बसुन्धरा, काठमाडौंमा कार्यरत सव-इन्जिनियर दिपेन्द्र कुमार के.सी. घुस रकमसहित पक्राउ परेका छन् ।

कलभर्ट निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग २ लाख घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

घुस मागेको उजुरीका आधारमा खटिएको आयोगको टोलीले घुस रकमसहित कार्यालय परिसरबाट पक्राउ गरेको प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !