२२ मंसिर २०८२, सोमबार

कपिलवस्तुमा झाडापखालाबाट ३ जनाको मृत्यु,स्वास्थ्यकर्मी पठाउन आग्रह

प्रकाशित मिति :  5 October, 2021 6:34 pm


फोटो : रासस

कपिलवस्तु । कपिलवस्तुमा झाडापखालाबाट ३ जनाको मृत्यु भएको छ। हिजोदेखि कृष्णनगर नगरपालिका वडा नम्बर ३ मा फैलिएको झाडापखालाका कारण ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा वडा नं ९ का ५ वर्षीय राज काश्यप, वडा नं ८ का ४० वर्षीय रामप्रसाद केवट र वडा नं ७ का एक वृद्ध रहेका    छन् ।
वडा नं. ७, ८ र ९ मा गएरातिदेखि झाडापखाला र बान्ताको समस्या लिएर अस्पताल जानेहरूको संख्या झण्डै २ सय रहेको वडा नम्बर ९ का अध्यक्ष राममिलन कुर्मीले जानकारी दिए ।

झाडापखाला र बान्ता भएर स्थानीय शिवराज अस्पताल बहादुरगञ्जमा पुगेका बिरामीको बेड अभाव भएपछि बाहिरै राखेर उपचार गरिएको कुर्मीले जानकारी दिए ।

अस्पतालका चिकित्सक मुकेश चौधरीले गम्भीर विरामी भएका ७ जनालाई थप उपचारका लागि अन्य अस्पतालमा रिफर गरिएको छ ।

बिरामीको संख्या धेरै भएका कारण लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयमा जानकारी गराएको र स्वास्थ्यकर्मीको टोली पठाउन आग्रह गरेको नगरपालिकाका प्रमुख रजतप्रताप साहले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !