२३ मंसिर २०८२, मंगलबार

नेपाल वायु सेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदी मृत भेटिए

प्रकाशित मिति :  7 October, 2021 11:56 am


काठमाडौं । नेपाल वायु सेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत अवस्थामा भेटिएका छन् ।

काठमाडौं–७, बुलबुलेमा चतुर्वेदीको शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिएका छन् ।

एसएसपी सिंहले घरको चार तलामाथिबाट हाम फालेको प्रराम्भिक अनुसन्धानमा देखिएको बताए । सिंहका अनुसार सीसी क्यामरामा चतुर्वेदी घरमाथि माथि गएको र झरेको दुवै कैद जानकारी दिए ।

हामफाल्नुको कारण भने नखुलेको प्रहरीले जनाएको छ । चतुर्वेदी भ्रष्टचार काण्डमा मुछिएर जेल समेत परेका थिए ।



प्रतिक्रिया दिनुहोस !