६ जेष्ठ २०८१, आइतबार

दक्षिण कोरियाले कात्तिक दोस्रो सातादेखि प्रतिबद्ध कामदार लैजाने

प्रकाशित मिति :  7 October, 2021 1:10 pm


काठमाडौं । दक्षिण कोरियाले नेपाली कामदार कात्तिकको दोस्रो सातादेखि लैजाने भएको छ । कोरियामा रोजगारीका क्रममा एउटै रोजगारदातासँग नियमित ३ वर्षदेखि ४ वर्ष १० महिनासम्म काम गरेर पुनः रोजगारीका लागि अनुमति पाएका प्रतिबद्ध कामदारलाई कोरिया जाने बाटो खुलेको हो।

कोरोना महामारीका कारण २ वर्षदेखि रोकिएका यस्ता प्रतिबद्ध कामदार कात्तिक १० गतेबाट कोरिया जान पाउने भएका छन्।

वैदेशिक रोजगार विभागका अनुसार ईपीएस कोरिया शाखाका अनुसार यस्ता प्रतिबद्ध कामदार ११९ जना छन्। तीमध्ये ५० जना कात्तिक १० गते कोरिया जाने छन भने बाँकी ६७ जना पनि १ सातापछि कोरिया पठाइने छ।

नेपाली कामदार माग गर्ने सम्बन्धमा कोरियाली पक्षले राखेको कोरोना बीमा, पीसीआर परीक्षण, सीधा हवाई उडान र १४ दिन कोरियामा क्वारेन्टाइन बस्नुपर्नेलगायतका मापदण्ड पूरा भएपछि नेपाली कामदार जाने बाटो खुलेको विभागले जनाएको छ।

साथै हाल कोरिया जाने तयारीमा त्यहाँका रोजगारदातासँग श्रम सम्झौता गरेर रोकिएका १० हजार श्रमिकलाई पनि पठाउने गरी तयारी भइरहेको विभागले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !