२२ बैशाख २०८१, शनिबार

दशैंको मुखमा रोल्पाका विभिन्न ठाउँमा टेलिफोन अवरुद्ध,पालिकालाई टेर्दैनन् विद्युत र टेलिकमका कर्मचारी

प्रकाशित मिति :  9 October, 2021 9:06 am


उमा केसी-

रोल्पा । रोल्पाको पुर्वी भेगमा गत हप्ता देखि टेलिकम टावर नहुदा सेवा ग्राहीले सस्ती भोग्नु परेको छ । सुनछहरी गाउँपालिकाको गुम्चालमा विद्युतको ट्रान्समिटर जलेपछि गतहप्तादेखि टेलिकम सेवा अवरुद्ध भएको हो ।

सुनछहरी गाउँपालिकाको जेलबाङ, सेरम उवा,गाम लगायतका जनताहरु सेवा लिनबाट बन्चित भएका हुन् । टावर कहिले आउने कहिले जाने गरेको स्थानीय हिक्मत घर्तिले बताए ।

“पहिले सोलारमार्फत विद्युत सुचारु हुने गरेको थियो भने अहिले झनविद्युत भएर पनि नियमित सेवा सुचारु छैन,” उनले    भने ।

सम्बन्धित निकायले चासो नै नदिएकाले पटक पटक यस्ता समस्या भोग्नु परेको गुनासो घर्तिको छ ।

“टेलिकम टावर अवरुद्ध भएपछि धेरैपटक विद्युत, टेलिकममा सम्पर्क गरि छिटो मर्मत कार्य गर्न पहल गरेको सुनछहरी गाउँपालिकाका अध्यक्ष आस वहादुर पुनले बताए ।

“पटक पटक फोन गरेको छु, म स्वयम आफै कार्यालय पगेर समस्या बताउदा समेत तुलसीपुरले हेर्ने हो, हामीले हैन भन्नुभयो,” पुनको भनाइ छ । विद्युतको कार्यालय प्रमुखलाई छिटो मर्मत कार्य गर्नुपर्यो भनेर फोन गर्दा उल्टै थर्काएको उनको गुनासो छ ।

नेपाल विद्युत प्रधिकरणका कार्यलय प्रमुख सम्भु प्रसाद मण्डलल टेलिकमको मान्छे आएपछि आफूले प्राविधिक पठाउने बताए । “टेलिकमको साइड छ भनेपछि त टेलिकमले उपलव्ध गराउनु परर्यो नि?,” उनले प्रतिप्रश्न गरे ।

टावरको जिम्मा तुल्सीपुरको कार्यालयले हेर्ने गरेको नेपाल दुर संचार प्राधिकरण रोल्पाका कार्यालय प्रमुख विष्म धोज उपाध्यायले जानकारी दिए ।

“यो मर्मत कार्यलयको लागि ४ जना इन्जिनियरको टोली छ उहाँहरुले नै हेर्नु हुन्छ,” उनले भने । तुलसीपुरबाट सामान सहित टोली चाडै आउने समेत उनले जानकारी गराए ।

यस्तो समस्या रोल्पाको पश्चिमोत्तर भेगमा पर्ने थवाङ, परिवर्तन, गंगादेव र माडी गाउँपालिकामा पनि यो समस्या वढी मात्रामा देखिने गरेको छ ।

यता रोल्पाको माडी गाउँपालिकाको वडा नं. ५ भाबाङ्ग, वडा नं.३ तालाबाङ्ग, परिवर्तन गाउँपालिका वडा नं.२ राङ्सी, वडा नं. ५ राङ्कोट थबाङ्ग गाउँपालिका वडा नं.२ थबाङ्गमा टावर बनेका छन् तर पनि भरपर्दो छैन ।

गंगादेव गाउँपालिकाको वडा नं. ७ राँकको रातामाटामा रहेको टावर पश्चिम नेपालको सबै भन्दा ठूलो क्षमताको टावर मानिन्छ । नेपाल टेलिकमको सो टावरसंग अन्य टावरहरु जोडिएकाले त्यहाँ समस्या आउने वित्तिकै अनेत्रका टावरले काम गर्न छोड्छन ।

रातामाताको टावरमा समस्या देखापर्ने बित्तिकै पश्चिमोत्तर रोल्पाका अधिकांश टावरले काम नगर्ने समस्या छ परिवर्तन गाउँपालिका २ वडाध्यक्ष हरिप्रसाद घर्तीले भने ।

घण्टौ डाँडाकाँडा चढेर फोन गर्ने पुरानो समस्या दोहोरिने स्थानीय सुर्य प्रकाश बढामगरले दुखेसो पोखे । मुख्य समस्या विद्युत आपूर्तीमा रहेको नेपाल टेलिकमका स्थानीय कर्मचारी बताउने गरेका छन् ।

विद्युतको तार जल्ने, टावर सौर्य उर्जाबाट सञ्चालन रहेकाले वर्षात, कुहिरो र वादल लागेको समयमा व्याट्रीमा विद्युत संचित नहुदा समस्या हुने गरेको बताइन्छ । विद्युत व्यवस्थापनका लागि स्थानीय सरकारहरु संग पटक पटक पहल गर्दा पनि सुनुवाई नभएको स्थानीयहरुले गुनासो गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !