१४ बैशाख २०८१, शुक्रबार

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार

प्रकाशित मिति :  10 October, 2021 5:38 pm


रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । नवनियुक्त मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका ग्रहण गरेका हुन् ।

लुम्बिनी प्रदेशमा माओवादी केन्द्रको नेतृत्वमा, नेपाली कांग्रेस र जनता समाजवादीको गठबन्धनको सरकार छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वीरबहादुर राना,वन वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाल,शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्री वसिउद्दिन खाँ, स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारु,आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

त्यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठ,पर्यटन राज्यमन्त्री रिना नेपाल विक,स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला खत्री वलीले पद तथा गोपनीयताको सपथ ग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !