१६ चैत्र २०८०, शुक्रबार

निक्षेप संकलनको लागि ग्राहकलाई उपहार दिन बैंक तथा वित्तीय संस्थालाई निषेध

प्रकाशित मिति :  11 October, 2021 2:27 pm


काठमाडौं ।  निक्षेप संकलन तथा व्यवसाय विस्तार गर्ने उद्देश्यले कुनै पनि बैंक तथा वित्तीय संस्थाले ग्राहकहरुलाई उपहार दिन निषेध गरेको छ । आज राष्टबैंकले एकीकृत निदेशन जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई निक्षेप संकलनको नाममा ग्राहकलाई कुनैपनि उपहार दिन निषेध गरेको हो ।

पछिल्लो केही महिनायता बैंक तथा वित्तीय प्रणालीमा तरता सहज नहुँदा निक्षेप उठाउने नाममा बैंक तथा वित्तीय संस्थाहरुले ग्राकहरुलाई विभिन्न खालका उपहार अफर गरेका थिए ।

पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता असहज हुँदा निक्षेप उठाउने नाममा बैंक तथा वित्तीय संस्थाहरुले वित्तीय ग्राहकहरुलाई विभिन्न खालका उपहारहरु अफर गर्ने गरेका थिए । अब भने यस्तो काम गर्न नीतिगत रुपमै बन्देज लागेको हो ।

यस्तै, निक्षेप संकलन वा व्यवसाय विस्तार गर्ने उद्देश्यले वित्तीय ग्राहकलाई उपहार, चिठ्ठा जस्ता कार्यक्रम समेत संचालनमा रोक लगाइएको छ। ‘बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप संकलन तथा व्यवसाय विस्तार गर्ने उद्देश्यले वित्तीय ग्राहकलाई कुनै पनि किसिमको उपहार/चिठ्ठा/प्रतियोगिता/पुरस्कार लगायतका कार्यक्रम सञ्चालन गर्न पाइने छैन ।’ राष्ट्रबैंकले संसोधन गरी आज सार्वजनिक गरेको एकीकृत निर्देशनमा भनिएको छ ।

उक्त निर्देशनका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले ऋणपत्र जारी गर्दा नै पुँजी कोषको अङ्गको रुपमा रहने वा स्रोत परिचालनमा गणना हुने व्यहोरा स्पष्ट रुपमा खुलाउनु पर्ने व्यवस्था समेत गरिएको छ ।

यसअघि जारी गरिएका वा यस बैंकबाट स्वीकृति प्राप्त गरी जारी हुने प्रक्रियामा रहेका ऋणपत्रलाई सोही बमोजिम छुट्याउनु पर्नेछ । एकपटक ऋणपत्रको वर्गीकरण गरेपछि पुनःपरिवर्तन गर्न पाइने जारी निर्देशनमा उल्लेख गरिएको छ ।

यस्तै, बैंकहरुले “घ” वर्गका लघुवित्त वित्तीय संस्थाद्वारा जारी ऋणपत्रमा गरेको लगानी रकमलाई विपन्न वर्ग कर्जामा गणना गर्न सकिने व्यवस्था समेत भएको निर्देशनमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !