दशैंमा यस्तो हुने छ मौसमको अवस्था
काठमाडौं । देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली नभएको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
फूलपातीको दिन आज दिउँसो देशभर सामान्यतया सफादेखि आंशिक बदली रही पहाडी भू–भागको एक–दुई स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती पनि देशभर सामान्यतया सफादेखि आंशिक बदली रही पहाडी भू–भागका वा दुई स्थानमा मेघगर्जनर चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बुधबारपनि दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रही पहाडी भू–भागको एक वा दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना देखिएको छ ।
रातीस् देशको पहाडी भू(भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
बिहीबार दिउँसोस् देशको पहाडी भू(भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रही प्रदेश १ र बाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
रातीस् देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र बाग्मती प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ ।








