१६ चैत्र २०८०, शुक्रबार

राष्ट्रपतिबाट विजयादशमीको टीका ग्रहण

प्रकाशित मिति :  15 October, 2021 1:55 pm


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आमा मिथिला पाण्डेका हातबाट टीका ग्रहण गरेकी   छन् ।

बिहान १० बजेर २ मिनेटको शुभसाइतमा राष्ट्रपति भण्डारीले टीका ग्रहण गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय, शीतल निवासमा आमाबाट विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरेकी हुन् । त्यसैगरी राष्ट्रपति भण्डारीले शुक्रबार हनुमान ढोकाका मूल पूजारी देवराज अर्यालबाट पनि टीका लगाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सो अवसरमा राष्ट्रपति भण्डारीलाई विभिन्न शक्तिपीठका गुरुले प्रसाद प्रदान गरिन् । सो अवसरमा राष्ट्रपति भण्डारीले परिवारका सदस्यलाई पनि टीका लगाइदिइन् ।



प्रतिक्रिया दिनुहोस !