१६ चैत्र २०८०, शुक्रबार

प्रधानमन्त्री देउवाबाट विजयादशमीको टीका ग्रहण

प्रकाशित मिति :  15 October, 2021 2:01 pm


प्रधानमन्त्री देउवा टीका तथा मजरा लगाउँदै तस्वीरः रोशन सोपकोटा/रासस

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विजयादशमीका अवसरमा गुरु टिकाराम घिमिरेबाट आज टीका लगाएका      छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान १० बजेर २ मिनेटको शुभसाइतमा प्रधानमन्त्री देउवाले टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन् ।

त्यस अवसरमा प्रधानमन्त्री देउवाले पत्नी आरजु देउवा र छोरा जयवीर देउवालाई दशैँको टीका लगाइदिए ।

कोभिड–१९ महामारीको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड अपनाएर प्रधानमन्त्री देउवाले सीमित रुपमा परिवार, आफन्तजन तथा प्रधानमन्त्रीको सचिवालय र सुरक्षामा खटिने सुरक्षाकर्मीहरुलाई टीका लगाइदिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !