१३ बैशाख २०८१, बिहिबार

यस्तो छ आगामी २४ घण्टाको मौसम

प्रकाशित मिति :  16 October, 2021 7:10 am


काठमाडौं । आगामी २४ घण्टामा प्रदेश १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले उक्त क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

हाल भारतको आन्द्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापिय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव रहेको महाशाखाले जनाएको छ । हाल लुम्बिनी प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक बदली रहेको छ।

दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य भू(भागमा आंशिक बदली रहने महाशाखाको अनुमान छ ।

प्रदेश १, प्रदेश नं २ र बागमती प्रदेशका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती देशको प्रदेश नं १, प्रदेश नं २, र बागमती प्रदेश सामान्य बदली रहि अन्य भू(भागमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले अनुमान गरेको छ ।



प्रतिक्रिया दिनुहोस !