२४ मंसिर २०८२, बुधबार

ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

प्रकाशित मिति :  17 October, 2021 2:27 pm


संखुवासभा । सङ्खुवासभाको धर्मदेवी नगरपालिका–१ तीनजुरेमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तेह्रथुम लालीगुराँस नगरपालिका –१ घुर्मुसेका ३७ वर्षीय रमेश दाहाल रहेको ट्राफिक प्रहरी प्रमुख मानबहादुर खत्रीले जानकारी दिए । आज बिहान करिब ५ बजे टुटेदेउरालीबाट गुफापोखरी जाँदै गरेको ट्र्याक्टर तीनजुरेमा दुर्घटना हुँदा त्यसका चालक दाहालको घटनास्थलमै मृत्यु भएको प्रमुख खत्रीले बताए ।

ट्र्याक्टर सडकबाट ३०० मिटर तल खसेको थियो । दुर्घटना भएको ट्र्याक्टरको नम्बर प्लेट नखुलेको खत्रीले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरेहको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ । रासस

 



प्रतिक्रिया दिनुहोस !