७ जेष्ठ २०८१, सोमबार

संयुक्त आन्दोलन समितिद्वारा घोराहीमा प्रदर्शन

प्रकाशित मिति :  15 February, 2020 6:45 pm


दाङ, ३ फागुन। दाङमा संयुक्त आन्दोलन समितिले भारतद्वारा मिचिएको नेपाली भूमी फिर्ता र अमेरिकी सहयोग एमसीसी खारेजको माग गर्दै प्रदर्शन गरेका छन् ।

दाङमा क्रियाशिल विभिन्न ५ राजनितिक पार्टीहरुले आज घोराहीमा प्रदर्शन र सभा गरेका हुन् ।
राष्ट्रिय जनमोर्चा, नेकपा माओवादी क्रान्तिकारी, नेकपा मसाल, नेकपा माले र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको संयुक्त आन्दोलन समितिले नेपालको राष्ट्रियतामा कुनै पनि हस्तक्षप स्विकार्य नहुने बताएका छन् ।

सिमा मिचेर भारतले विस्तारवादलाई कायम राखेको र विभिन्न सहयोगको नाममा अमेरिकाले एमसीसी पास गराउन खोजेको भन्दै दुबै कदम स्विकार्य नहुने चेतावनी दिएका हुन्।



प्रतिक्रिया दिनुहोस !