शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीलाई कोरोना पोजेटिभ
प्रकाशित मिति : 17 October, 2021 6:39 pm
काठमाडौं । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीलाई कोरोना पोजेटिभ भएको छ ।
कोरोना पोजेटिभ देखिएपछि सभापति घर्तीले आराम गरिरहेको र केही समयका लागि सबै कार्यक्रम तथा भेटघाट स्थगित गरिएको उनको सचिवालयले जनाएको छ ।
घर्तीकी छोरीलाई समेत कोरोना पोजेटिभ देखिएको छ । कोरोनाको पूर्ण लक्षण देखिएको र अहिले सभापति घर्तीले निवासमै आइसोलेसनमा बसेको उनको सचिवालयले जनाएको छ ।








