२४ मंसिर २०८२, बुधबार

अविरल वर्षाले भालुवाङ-प्यूठान सडक खण्डको विभिन्न ठाउँमा क्षति, अवागमन प्रभावित

प्रकाशित मिति :  18 October, 2021 11:59 am


प्यूठान । अबिरल वर्षाले भालुवाङ-प्यूठान सडक खण्डको विभिन्न ठाउँमा क्षति पुराएपछि आवागमन प्रभावित भएको छ ।

भालुवाङ-प्यूठान सडक खण्डभित्र पर्ने बोडडाँडादेखि चकचकेकोबीचमा ठाउँ ठाउँमा पहिरो गएपछि यातायात प्रभावित भएको हो ।

कम्तिमा ४ ठाउँमा पहिरो गएको छ भने कतिपय ठाउँमा खहरे खोलाले सडक अवरुद्ध बनाएको छ ।

सडकको अवरोध हटाउँदै यातायात सञ्चालनको प्रयास भइरहेको प्रहरीले जनाएको छ । सडक अवरुद्व भएपछि प्यूठान र रोल्पा आउजाउ गर्ने यात्रुहरू जाममा परेका छन् ।



प्रतिक्रिया दिनुहोस !