१३ बैशाख २०८१, बिहिबार

राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण गरेको चीनको त्यो ‘प्यागोडा टावर’

प्रकाशित मिति :  18 October, 2021 12:15 pm


काठमाडौं । विश्वका पर्यटकका लागि सबैभन्दा प्रमुख प्राचीन तत्वहरूको पर्यटकीय आकर्षण पल्लो शान्सी प्रान्तको सिआन पनि एक हो।

सन् २०१५ को मेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको पहिलो राजकीय भ्रमण गर्दा सिआनको स्वागत पाएका थिए। सिआन चिनियाँ राष्ट्रपति सी चिनफिङको गृहनगर पनि हो। चीनको राजधानी बेइजिङदेखि टाढा भएपनि धेरैजसो कूटनीतिज्ञहरू सिआनको जीवन्त इतिहास अवलोकन गर्न रूचि राख्छन्।

सन् २०१९ अप्रिल २५ मा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले सिआनको भ्रमण गरेकी थिइन्। चिनियाँ बौद्ध संघका उपाध्यक्ष, शान्सी बौद्ध संघ, सिआन मन्दिरका मठाधीश, भिक्षु चङ छिन लगायतले वाइल्ड गुज प्यागोडा अर्थात् ता यान था नामक प्यागोडामा स्वागत गरेका थिए।

राष्ट्रपति भण्डारीसँग चीनको भ्रमणमा आएको एउटा जम्बो प्रतिनिधि मण्डलले भ्रमण गरेको सो प्यागोडा विश्वका पर्यकटमाझ ख्यातिप्राप्त छ।

यो भिडियो हेरौँ:



प्रतिक्रिया दिनुहोस !