१५ चैत्र २०८०, बिहिबार

वर्षापछि भालुवाङ-प्यूठान सडक खण्डमा क्षति, यातायात प्रभावित (फोटो फिचर )

प्रकाशित मिति :  18 October, 2021 1:53 pm


प्यूठान । अबिरल वर्षाले भालुवाङ-प्यूठान सडक खण्डको विभिन्न ठाउँमा क्षति पुराएको छ । सडकमा क्षति पुगेपछि आवागमन प्रभावित भएको छ ।

भालुवाङ-प्यूठान सडक खण्डभित्र पर्ने बडडाँडादेखि चकचकेकोबीचमा ठाउँ ठाउँमा पहिरो गएपछि यातायात प्रभावित भएको हो ।

कम्तिमा ४ ठाउँमा पहिरो गएको छ भने कतिपय ठाउँमा खहरे खोलाले सडक अवरुद्ध बनाएको छ ।

सडकको अवरोध हटाउँदै यातायात सहज बनाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । सडक अवरुद्व भएपछि प्यूठान र रोल्पा आउजाउ गर्ने यात्रुहरू जाममा परेका छन् । हेर्नुहोस् फोटो :

फोटो: किरण आचार्य

 



प्रतिक्रिया दिनुहोस !