२४ मंसिर २०८२, बुधबार

नवलपुरमा बस पल्टिँदा ४२ घाइते

प्रकाशित मिति :  18 October, 2021 2:14 pm


नवलपरासी (बर्दघाट सुस्तापूर्व) । नवलपुरमा यात्रु बस दुर्घटना हुँदा ४२ जना घाइते भएका छन् ।

आज बिहान १०ः३० बजे नवलपरासीको त्रिवेणीबाट काठमाडौँका लागि छुटेको लु १ ख ९४ ७६ नं को बस दुर्घटनामा परेको पूर्व नवलपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका–१०, अरुणखोला र दुम्किबास बीचको जङ्गलमा बस अनियन्त्रित भएर पल्टिएको थियो ।

उक्त दुर्घटनामा घाइते भएका ४२मध्ये ३७ जनाको मध्यविन्दु जिल्ला अस्पताल र पाँच जनाको दुम्किबासमा उपचार भइरहेको र घाइते सबै खतरामुक्त रहेको उहाँले जानकारी दिए ।रासस



प्रतिक्रिया दिनुहोस !