१२ श्रावण २०८१, शनिबार

चितवनमा बस र ट्रक ठोक्किए

प्रकाशित मिति :  16 February, 2020 9:29 am


काठमाडौं, ४ फागुन। पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको पिप्लेमा बसले ट्रकलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार जनकपुरबाट भैरहवातर्फ आइरहेको लु१ख ७१०८ नम्बरको बसले सोही दिशाबाट आइरहेको ना६ख ३४३४ नम्बरको ट्रकलाई गएराति ठक्कर दिएको थियो ।

घाइतेको  पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र  ठक्कर खाने दुवै सवारी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !