२५ मंसिर २०८२, बिहिबार

लगातार परेको वर्षाको कारण विराटनगर विमानस्थल डुबानमा,सबै उडान रद्ध

प्रकाशित मिति :  20 October, 2021 11:27 am


मोरङ । लगातार परेको वर्षाको कारण विराटनगर विमानस्थल डुबानमा परेको छ ।

विमानस्थलमा बास्ता खोलाको बाढी पसेको हो । विमानस्थल भित्र बाढी पसेपछि सबै उडान रद्ध गरिएको छ । विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीले बास्ता खोलाको पानी गए राती देखि पसेपछि हवाई उडान अवरुद्ध भएको जानकारी   दिए ।

विमानस्थल छिर्ने गेट, जहाज पार्किङ क्षेत्र, धावनमार्ग, कर्मचारी क्वार्टर जलमग्न भएको र कम्तिमा ६ फिटसम्म पानी जमेको सूचना अधिकारी भण्डारीले जानकारी दिए ।

खराब मौसमका कारण बुद्धको एटीआर र श्री एयरलाइन्सको सीआरजे विमान हिजो बेलुकी काठमाडौँ फर्किन नसकेर ‘नाइट–स्टपमा’ मा राखिएको थियो । पानीबाट जोगाउन आज बिहानै श्रीको जहाजलाई पानी कम भएको स्थानमा सारिएको   छ ।



प्रतिक्रिया दिनुहोस !