१६ चैत्र २०८०, शुक्रबार

कृषि सहायता कोष बनाएर किसानलाई राहत तथा क्षतिपूर्ति दिन माओवादी केन्द्रको माग

प्रकाशित मिति :  20 October, 2021 12:09 pm


काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले बाढी पहिरोबाट सबैभन्दा बढी मारमा परेका किसानहरूलाई कृषि सहायता कोष बनाएर राहत तथा क्षतिपूर्ति दिन माग गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज विज्ञप्ति जारी गर्दै भनेका छन्,“बाढी र पहिरोबाट सबैभन्दा बढी मारमा परेका किसानहरुलाई कृषि सहायता कोष खडा गरी राहत र क्षतिपुर्ति दिलाउन पनि म सरकारसँग जोडदार माग गर्दछु ।”
बाढीपहिरोमा फँसेकाहरुको उद्दार र राहत, घाइतेहरूको निःशुल्क स्वास्थ्योपचार, बिचल्लीमा परेका नागरिकहरूको खानपान र बसोबासको व्यवस्था मिलाउन पनि माओवादी केन्द्रले माग गरेको छ ।

अध्यक्ष प्रचण्डले जारी गरेको विज्ञप्तिमा बाढीपहिरोमा परी बेपत्ता भएकाहरूको यथाशीघ्र खोजीका लागि स्थानीय, प्रदेश र संघका सुरक्षा लगायत सबै सरकारी निकायहरू, स्थानीय स्वयम्सेवी, विभिन्न संघसंस्था, व्यक्ति, युवा र हाम्रो पार्टीका नेता तथा कार्यकर्ताहरुमा विशेष आग्रह गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !