२५ मंसिर २०८२, बिहिबार

बाढीपहिरोमा परेर कम्तिमा ५० जनाको मृत्यु,२९ जना बेपत्ता

प्रकाशित मिति :  20 October, 2021 2:51 pm


काठमाडौं । देशभर लगातार परेको वर्षाका कारण अहिलेसम्म ५० जनाको मृत्यु भएको छ ।

पछिल्लो २ दिनमा मात्रै ५० जनाको मृत्युको जानकारी आएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका अनुसार २९ जना बेपत्ता छन् भने २३ जना घाइते भएका छन् । मन्त्रालयले तथ्याङ्क संकलन गर्ने कार्य जारी रहेको बताएको छ ।

भौतिक क्षति र मानवीय क्षतिको अझै तथ्याङ्क आउने क्रम जारी रहेको गृह मन्त्रालयको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !