आगामी २४ घण्टामा यस्तो हुने छ मौसमी अवस्था
काठमाडौं । आगामी २४ घण्टामा देशभर आंशिकदेखि सामान्य वदली रही प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशहका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक वा दुई स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना देखिएको छ ।
जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले उक्त क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
हाल भारतको बिहारमा रहेका न्यून चापिय प्रणाली र पश्चिमी वायु प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको भन्दै महाशाखाले दिउँसो देशभर आंशिकदेखि सामान्य वदली रहने बताएको छ ।
त्यस्तै प्रदेश १, बागमती र गण्डकी प्रदेशहरुका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक वा दुई स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती पनि देशभर आंशिकदेखि सामान्य वदली रहने छ । प्रदेश नं १ र गण्डकी प्रदेशहरूका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरूका एक वा दुई स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।








