२५ मंसिर २०८२, बिहिबार

जनकपुरमा खानेपानी संस्थानका निमित्त प्रमुखलाई हिलो छ्याप्दै अर्धनग्न बनाएर बजार घुमाइयो

प्रकाशित मिति :  21 October, 2021 3:42 pm


काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले जनकपुर खानेपानी संस्थानका निमित्त प्रमुख राजेश कुशवाहालाई अर्धनग्न बनाएइ हिलो छ्यापेर नगर घुमाएका छन् ।

अबिरल वर्षाका कारण जनकपुरधाम जलमग्न भएपछि ढल निर्माणमा अनियमितता भएको भन्दै जनमत पार्टीका कार्यकर्ताहरूले निमित प्रमुख कुशवाहालाई खानेपानी संस्थान कार्यालयको कार्यकक्षबाटै तान्दै अर्धनग्न बनाएर नगर घुमाएका हुन्।

जनमत पार्टीका एक कार्यकर्ताले जनकपुरधाम उपमहानगरपालिका ८ बल्वाटोलमा सडक निर्माणका क्रममा ढल निकासको समस्याबारे निमित्त प्रमुख कुशवाहालाई पटक पटक आग्रह गर्दासमेत वास्ता नगरेको आरोप लगाए ।

उनले वेवास्था गरेपछि कारबाही स्वरुप यस्तो गरिएको जनमत पार्टीका कार्यकर्ताको दाबी छ ।

कुशवाहालाई दुव्र्यवहार गरेको आरोपमा कदम चोकबाट धनुषा प्रहरीले जनकपुरको कदम चौकबाट विजय यादव, कैलाश मण्डल सहित १० जनालाई पक्राउ गरेको छ ।



प्रतिक्रिया दिनुहोस !