१३ बैशाख २०८१, बिहिबार

आइफोन १३ काे नेपाली मूल्य २ लाख २१ हजारदेखि २ लाख ७५ हजारसम्म

प्रकाशित मिति :  21 October, 2021 6:46 pm


काठमाडौं । एप्पलको पछिल्लो उत्पादन आइफोन १३ सिरिजको नेपालमा प्रि–बुकिङ खुला गरिएको छ ।

नेपालमा एप्पलको आधिकारिक विक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेशन प्राइभेट लिमिटेड (जेनएक्सटी) ले बुकिङ खुला गरेको जनाएको छ ।

गत सेप्टेम्बर २४ बाट विश्वभर विक्री शुरु गरिएकोमा नेपालमा आउदो २९ तारिकबाट किन्न पाइने छ । फोनको पहिलो लट सीमित स्टकका साथ प्रि–बुकिंगको माध्यमबाट मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीले मोबाइल वालेट आईएमई पे मार्फत् नयाँ आईफोनहरुको प्रि–बुकिङ गरेमा ३० हजार भन्दा बढीको विभिन्न अफरहरु प्राप्त गर्ने भएका छन् । डिस्काउन्ट कुपनहरु मार्फत् खरिदकर्ताले विभिन्न स्थानबाट छुटको सुविधि लिन पाउने छन् ।

जसमा रोडहाउस क्याफे (१०% छुट), द एभरेस्ट होटल (१५% छुट), बिइन्ग ह्युमन नेपाल (१०% छुट), भेन्चुरिनी सुज (१०% छुट), राइट च्वाइस नेपाल (२५ % अफ ), बाइकर्स मार्ट (१०% छूट), अर्बन फुड (१५% छुट), नील डेभिडको सैलुन (१०% छुट), केज फिटनेस (२०% छुट) र अप्सन दरबारमार्गमा (५०% सम्मको छुट) रहेका छन् ।

एक वर्षको निःशुल्क ब्रेकरेज बिमा र सम्पूर्ण लाइनअपको लागी एक बर्ष को वारेन्टी पनि उपलब्ध रहेको जनाइएको छ । फोन ९ हजार ९९९ तिरेर प्रि–बुुकिङ गर्न सकिनेछ ।

आइफोन १३ सिरिजको सबैभन्दा सस्तो फोन आइफोन १३ मिनी (१२८ जीबी) को मूल्य एक लाख २० हजार ९९० तोकिएको छ भने सबैभन्दा महंगो आइफोन १३ प्रो म्याक्स (१ टिबी) को मूल्य दुई लाख ७४ हजार ९९० रुपैया तोकिएको छ ।

आइफोन १३ अन्तर्गत १२८ जीबीको एक लाख ३७ हजार ९९० रुपैयाँ, २५६ जीबीको एक लाख ५४ हजार ९९० रुपैयाँ र ५१२ जीबीको एक लाख ८९ हजार ९९० रुपैया तोकिएको छ ।

आइफोन १३ मिनीमा २५६ जीबीको एक लाख ३७ हजार ९९० रुपैयाँ र ५१२ जीबीको एक लाख ७१ हजार ९९० रुपैयाँ तोकिएको छ । त्यसगरी आइफोन १३ प्रोमा १२८ जीबीको एक लाख ७४ हजार ९९० रुपैयाँ, २५६ जीबीको एक लाख ८९ हजार ९९० रुपैयाँ, ५१२ जीबीको दुुई लाख २४ हजार ९९० रुपैयाँ र १ टीबीको दुई लाख ५५ हजार ९९० रुपैयाँ तोकिएको छ ।

आइफोन १३ प्रो म्याक्स भर्सनमा १२८ जीबीको एक लाख ८९ हजार ९९० रुपैयाँ, २५६ जीबीको दुई लाख पाँच हजार ९९० रुपैयाँ र ५१२ जीबीको दुई लाख ३९ हजार ९९० तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस !