२५ मंसिर २०८२, बिहिबार

यस्तो छ मौसमी अवस्था,कृषिजन्य कार्य गर्दा आवश्यक सावधानी अपनाउन आग्रह

प्रकाशित मिति :  22 October, 2021 8:13 am


काठमाडौं । हाल नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षा भईरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो प्रदेश न १, प्रदेश न २, वागमती प्रदेश, र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, बागमती, र गण्डकी प्रदेशका एक(दुई स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै राती देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती, र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

समग्रमा देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशहका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक वा दुई स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले कृषिजन्य कार्य गर्दा आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस !