८ जेष्ठ २०८१, मंगलबार

पूर्व सभामुख महरा विरुद्धको मुद्दा फैसला आज

प्रकाशित मिति :  16 February, 2020 7:03 pm


काठमाडौं, ५ फागुन। बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा विरुद्धको बहस  आजपनि  हुने भएको छ । अाईतबार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासमा हिजो सुनुवाइ शुरु भए पनि समयाभावका कारण हेर्दाहेर्दै  आजका लागि राखिएको अदालतका श्रस्तेदारस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार आज फैसला अाउने छ ।

महरालाई अहिले पुर्पक्षका लागि थुनामा डिल्लीबजार कारागारमा राखिएको छ ।

महराविरुद्ध बलात्कार प्रयासमा पाँच वर्ष र विशिष्ट व्यक्ति भएकाले थप साढे दुई वर्ष गरी साढे सात वर्षसम्मको कैद सजाय माग गरिएको छ । एक महिला कर्मचारीलाई बलात्कार प्रयासको आरोपमा गत असोज १९ गते प्रहरीले पक्राउ अनुसन्धान शुरु गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !