४ जेष्ठ २०८१, शुक्रबार

विप्लव नेकपाका केन्द्रीय सदस्य माईला लामासहित ४ नेता पुनः पक्राउ

प्रकाशित मिति :  17 February, 2020 9:40 am


सुनसरी, ५ फागुन।विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य दिपेश राई,माईला लामा,नवीन विक र तत्कालिन काठमाडौं सेक्रेटरी धीरेन्द्रा उपाध्याय रिहा लगत्तै पुनः पक्राउ परेका छन् ।

सुनसरी जिल्ला अदालतले अाईतबार साधारण तारेखमा रिहा गरे लगत्तै प्रहरीले उनीहरुलाई पुनः पक्राउ गरेको हो ।
न्यायधीश ध्रुव कार्कीको ईजलाशले उनीहरुलाई रिहा गर्न आदेश दिएको थियो । हात हतियार तथा संगठित अपराध मुद्धामा अदालतले आदेश दिएर रिहा भएका उनीहरूलाई पुनः पक्राउ गरेपछि नेता राई र लामालाई संखुवासभा नवीन विक र उपाध्यलाई कोलिकोट लाने तयारी भएको छ बन्दीकाे तर्फबाट अधिवक्ताद्वय सुमन कार्की र निराजन ओझाले बहस गरेका थिए ।
अदालतको गेटबाट पुनः पक्राउ पर्नु अघि नेता लामाले ओली सरकारले कानुन नमानेको भन्दै विरोध जनाए । अदालतले आदेश दिदा पनि फेरी पक्रेर दुखः दिने काम गरेकोमा उनले आपत्ति जनाए ।

लामा , विक र उपाध्याय लामो समय काठमाण्डौंमा कारागारमा बसेर उच्च अदालतको आदेशमा रिहा भए लगत्तै पक्रेर धरान पुर्याईएको थियो ।



प्रतिक्रिया दिनुहोस !