२० मंसिर २०७९, मंगलबार

रोल्पामा माडी गाउँपालिका अध्यक्ष कप तथा खेलकुद महोत्सव हुने

प्रकाशित मिति :  17 February, 2020 10:28 am


रोल्पा, ५ फागुन। रोल्पाको घर्तीगाउँमा  प्रथम माडी गाउँपालिका अध्यक्ष कप तथा खेलकुद महोत्सव हुने भएको छ ।

फागुन १३ गतेदेखि १६ गतेसम्म हुने महोत्सवमा महिला पुरुष भलिबल प्रतियोगिता, १५ सय मिटर दौड, ब्याटमिन्टन, तेक्वान्दो, हाजिरी जवाफ, निबन्ध र गजल प्रतियोगिता हुने छन् ।
महोत्सवमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने अायोजकले जनाएको छ ।
वलु स्मृति खेल मैदान घर्तीगाँउमा हुने महोत्सवको अायोजक माडी गाउँपालिका रहेको छ । फागुन १४ र १५ रोल्पा लगानी सम्मेलनको तयारी भईरहेका बेला माडी गाउँपालिकाले पनि महोत्सवको तयारी गरेको हो ।



प्रतिक्रिया दिनुहोस !